हात्तिपाइलेको औषधी नखानेलाई बाँकेका स्थानीय तहले सुविधा रोक्ने
नेपालगन्ज २२ माघ - हात्तिपाईले रोगको निवारणका लागि बाँकेमा कडाई गरिने भएको छ । जिल्ला समन्वय समिति बाँकेले हात्तिपाइले बिरुद्धको औषधी नखानेको सेवा सुविधा रोक्ने चेतावनी दिएको छ ।
बुधवार बसेको जिल्ला समन्वय समितिको सभाले यस्तो निर्णय गरेको सदस्य चेतबहादुर घर्तीले बताए । जिल्ला समन्वय समिति संयोजक अजय श्रीवास्तवको संयोजकत्वमा बसेको सभामा जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख लगायतको सहभा









