सोल्टी र सिद्धार्थ होटलले पर्यटन वर्ष २०२० अघि नै नेपालगञ्जमा क्यासिनो सञ्चालन गर्ने
नेपालगञ्ज १९ भदौ - पर्यटन वर्ष २०२० अघि नेपालगञ्जमा तीनवटा क्यासिनो सञ्चालनमा आउने भएका छन् । पाँच तारे होटल सोल्टी वेष्र्टन प्रिमियर, चारतारे होटल सिद्धार्थ र सिग्नेटले क्यासिनो सञ्चालनमा ल्याउन लागेका हुन । सोल्टी र सिद्धार्थले चाँडै सञ्चालन गर्दै छन् । आन्तरिक उल्झन अन्त्य भए होटल सिग्नेटले पनि यसै वर्ष क्यासिनो सञ्चालन गर्न सक्छ ।
सोल्टी होटलका प्रबन्ध निर्देशक इन्द्र खड्काले केही दिनमै क्य









