सरकार ! दूधकाे पैसा कहिले पाइन्छ ?
नेपालगन्ज । दुध बेचेर गुजारा चलाउँदै आएका हजारौंँ किसान नजिकिँदै गरेको बडादसैँ टार्ने चिन्ताले पिरोलिन थालेका छन् । आफूले दुध बिक्री गरेको सहकारीले महिनौँदेखि दुधको भुक्तानी नदिएपछि किसानलाई दसैँ कसरी मनाउने भन्ने चिन्ता बढेको हो ।
नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख दिलिप चौधरीका अनुसार गत पुस महिनाबाट किसानले दुधको भुक्तानी पाएका छैनन् । दुग्ध विकास संस्थानले दुधको भुक्तानीको लागी अर्थम









