लगानीमैत्री वातावरण बनाउन झकझक्याउँछु : नन्दलाल बैश्य
राज्यले व्यवसायीलाई करदाता, मतदाता र चन्दादाताका रूपमा मात्र प्रयोग गर्ने गरेको छ । निजी क्षेत्र र सरकारको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्नेमा व्यवसायीलाई प्रयोग गर्नतिर मात्र राज्यको ध्यान जाने हो भने व्यवसायीले पनि सरकारलाई सहयोग गर्नुको अर्थ रहँदैन ।
सरकारले ठूलो हिस्सा कर व्यवसायीहरूबाट उठाउँछ, तर व्यवसायीको समस्याप्रति गम्भीर नहुँदा हामी तमाम उद्योगी व्यवसायीले बेला–बेलामा विभिन्न समस्या









