बेल्जियमबाट अण्डा ल्याएर दाङ्गमा कालिजपालन, मासुदेखि चल्लासम्म उत्पादन
दाङ्ग ४ मंसिर- स्वास्थ्यकर्मीको एउटा समूहले दाङ्ग तुलसीपुर–१२ मा व्यवसायिक कालिजपालन शुरु गरेका छन् । हिमालयन वाइल्ड लाइफ एग्रो प्रालि दर्ता गरी उक्त समूहले मासुदेखि चल्ला उत्पादनसम्मको उदेश्य राखेर कालिजफर्म शुरु गरेका हुन । २ बिघाह क्षेत्रफलमा फैलिएको यो कालिज फर्म पश्चिम नेपालमै पहिलो भएको अध्यक्ष निर्मल नेपालले बताए ।
अध्यक्ष नेपालका अनुसार, उक्त फर्म गत असार महिनाबाट शुरु भइसकेको छ । हालसम









