होटलमा काठमाडौं र पोखरालाई पछ्याउँदै नेपालगन्ज
हिमा बिक
काठमाण्डौं : तीन वर्षभित्र देशका आठ मुख्य शहरमा पर्यटक स्तरका ४९३ नयाँ होटल तथा लज थपिएका छन् । बेड (शय्या) संख्या १० हजार ६४१ वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन–वार्षिक प्रतिवेदन २०७४/७५’ अनुसार उक्त होटलहरू काठमाडौं लगायत पोखरा, सिद्धार्थनगर (भैरहवा), विराटनगर, जनकपुर, नेपालगन्ज, वीरगन्ज र धनगढीमा खुलेका हुन् । आव २०७२/७३ मा यी ठा









