बजार अनुगमनका क्रममा सुध्रिने मौका समेत नदिई धमाधम कारवाही नगर्न व्यवसायीको अनुरोध
नेपालगन्ज २४ असोज : नेपालगन्जका उद्योगी, व्यवसायीले नियतबस उपभोक्ता ठग्नेलाई कारवाही गर्न र अन्जानबस हुने कमजोरीमा सुध्रिने मौका दिन बजार अनुगमनकर्ताहरुसंग अनुरोध गरेका छन् ।
अन्जानबस हुने कमजोरीमा समेत ठुलो सजाय दिने कार्यप्रति उनीहरुको ध्यानार्कषण भएको छ ।
बजार अनुगमनका क्रममा व्यवसायीहरु धमाधम कारवाही पर्न थालेपछि शनिवार नेपालगन्ज उद्योग वाणिज्य संघमा किराना व्यवसायीहरुबीच छलफल आयोजना गरिए









