कोरोनाले आक्रान्त नरैनापुरको गुहार – उच्चस्तरीय चिकित्सक र थप सुरक्षाकर्मी पठाइदेउ
नेपालगन्ज १० जेठ : नरैनापुर गाउँपालिकाले कोरोना संक्रमित र उनीहरुका परिवारलाई केही व्यक्तिहरुले भ्रम छर्दै उक्साउने काम गरेको बताएको छ ।
एकजनाको मृत्यु र एक सय चौध जना संक्रमित भएको उक्त गाउँपालिकामा संक्रमितलाई खजुरा स्थित कोरोना बिशेष अस्पतालमा लैजानेक्रममा पटक पटक अवरोध हुँदै आएका बेला गाउँपालिकाले कोरोना बारेमा भ्रम सिर्जना गरी काममा अवरोध सिर्जना गर्ने काम भइरहेको स्पष्ट पारेको छ ।
गाउँपाल









