खोले सागले शहरका उपभोक्ताको मन जित्दै
नेपालगन्ज २० माघ - कर्णालीमा पाइने ‘खोले साग’ नेपालगन्जमा धमाधम विक्री भइरहेको छ ।
खेत र खोलाको सिमसारमा उत्पादन हुने उक्त साग यतिवेला कर्णालीबाट ल्याएर नेपालगन्जमा विक्री भइरहेको हो ।
पच्चिस रुपैया मुठामा विक्री हुने खोले साग धेरैले रुची मानेर खाने गरेका छन् । कर्णाली मात्र नभई दाङका विभिन्न खोलामा पाइने खोले साग स्थानीयको राम्रो आम्दानीको स्रोत बनेको छ ।
खोलामा खेर गइरहेको खोले सागको बजारमा









