दण्डात्मक नभई चेतनामूलक अभियानमा जोड, सुर्खेतमा उठ्यो लक्ष्यभन्दा बढि राजस्व
सुर्खेत २४ भाद्र । सुर्खेतका व्यवसायीहरुले पछिल्लो समय परिवर्तित कर नीतिमा व्यवसायीहरु अभ्यस्त नभइसकेको हुँदा शुरुमै दण्डात्मकभन्दा पनि चेतामूलक अभियानमा जोड दिन आग्रह गरेका छन । पछिल्लो समय आएका अनिवार्य व्यक्तिगत अस्थायी लेखा नम्बर, सामाजिक सुरक्षा ऐन, भेहिकल एण्ड कन्साइन्मेन्ट ट्याकिंग सिष्टम, समान ढुवानीमा मूल्य अभिवृद्धि करलगायतका विषयमा थुप्रै व्यवसायीहरु अनविज्ञ रहेको भन्दै यस्तो आग्रह गर









