व्यवसायी सीताराम यादव एमाले प्रवेश,सक्रिय राजनीति गर्ने
नेपालगन्ज,३ फागुन–नेपालगन्जको युवा व्यवसायी सीताराम यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
यादवलाई बिहीवार नेपालगन्जस्थित पार्टी कार्यालयमा नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य दिपा शर्मा, केन्द्रीय सल्लाहकार दलबहादुर सुनार, जिल्ला कमिटी अध्यक्ष किस्मत कक्षपति, प्रदेश कमिटी सदस्य अशोक कर्माचार्य, जिल्ला कमिटी सदस्य मीन मल्ल लगायतका नेताहरुले अविर लगाएर पार्टी प्रवेश गरेक









