हार नमानेका नवीनकाे ब्यापारमा फड्काे
आजभन्दा २७ वर्षअगाडि ६ फिट अग्ला नवीन खत्रीलाई भलिबल खेल्न कसैले भेट्टाउँदैन थियो । उडेका चरा समाउँला झैं बुरुक् बुरुक् हावामा उफ्रिने नवीनले कहिले पनि सोचेका थिएनन्, बाँकी जिन्दगी सुतेरै बिताउनु पर्छ भनेर ।
अचानक मेरुदण्डमा समस्या देखिएपछि उपचारमा भएका सम्पत्ति सकियो । नवीन जिन्दगीभर उठ्न नसक्ने गरी थला परे ।
५ हजार रुपैंयाबाट एउटा र्याक र सन्दुक किनेर पसल सुरु गरेका नवीनले आजकल लाख र करो









