स्यानिटरी प्याड निर्यात ४९४ प्रतिशतले बढ्याे
काठमाडौं । नेपालबाट हुने स्यानिटरी प्याड निर्यात ४९४ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले चालू आर्थिक वर्ष (आव)को चार महीनामा ४ करोड ५८ लाख ७० हजार ९३५ थान स्यानिटरी प्याड निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने नेपालले ७७ लाख १७ हजार ४८ थान स्यानिटरी प्याड निर्यात गरेको थियो ।
निर्यात परिणाम बढेसँगै त्यसबाट भित्रिने रकम पनि बढेको छ । यसरी भित्रिने रकम गत आवको









