थाइल्याण्ड : जहाँ ४० प्रतिशत सिइओ, ३४ प्रतिशत सिएफओ महिला नै छन्
थाइल्याण्ड एशियाको नमुना देश बनेको छ जहाँ महिलाहरुले नेतृत्व तहमा ३७ प्रतिशत स्थान ओगटेका छन्। महिलाको नेतृत्वको वैश्विक औसत २४ प्रतिशत मात्र रहँदा थाइल्याण्डमा भने फरक अवस्था छ जहाँ ४० प्रतिशत सिइओ महिला नै छन् भने ३४ प्रतिशत सिएफओ पनि महिला नै छन्। थाइल्याण्ड उच्च शिक्षामा महिलाको पहुँचका आधारमा विश्वमै पहिलो नम्बरमा छ जहाँ विश्वविद्यालय शिक्षामा १ पुरुष बराबर १.४१ महिलाको उपस्थिती रहेको छ।
क









