युट्युव हेरेर ५ हजार कुखुरापालन गर्ने १९ वर्षिय चलाउनेको आँट
बाँके (कम्दी) : बाँके डुडुवागाउँपालिका–९ कम्दीका नारायण चलाउने उमेरले १९ वर्षका मात्र भए । तर यही उमेरमा उनले ५ हजार कुखुरा पाल्ने आँट गरेका छन् । नेपालगन्जको जिभिएन कलेजमा प्लस टु पढ्दै गरेका चलाउनेले कुनै खास सीप सिकेर यो कामको योजना बनाएका भने होइनन् । युट्युवमा कुखुरापालन गर्ने तरिका हेरेपछि त्यसबाट प्रभावित भएका चलाउनेले यतिबेला खोर बनाउने काम अन्तिम चरणमा पुर्याएका छन् ।
उनको खोर पनि अरुको









