राजनीति/समाज

कोरोना संक्रमण बिरुद्ध संघले स्वास्थ्य सचेतना अभियान शुरु गर्ने

कोरोना संक्रमण बिरुद्ध संघले स्वास्थ्य सचेतना अभियान शुरु गर्ने

   
नेपालगन्ज ३ चैत : नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना भाइरस बिरुद्ध सचेतना अभियान शुरु गर्ने भएको छ । बाँकेमा त्यस्तो संक्रमण हुन नदिन सरकारी निकायका कार्ययोजनालाई सफल बनाउनुका साथै थप आवश्यक अभियान सन्चालन गरिने संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । नागरिक स्वास्थ्य जोगाउन निजीक्षेत्रबाट गर्न सकिने सबै साथ र सहयोग गरिने अध्यक्ष मन्सुरीले जनाए । नेपालगन्जसंग सीमा जोडिएको भारतको उत्तरप्रद
बैजनाथमा कान शिविर आयोजना

बैजनाथमा कान शिविर आयोजना

   
बैजनाथ गाउँपालिका वडा नं. १मा कान शिविर सम्पन्न भएको छ । चिसापानी स्वास्थ्य चौकीको आयोजनामा भएको शिविरमा १ सय ३९ जनाले कान जाँच गराएका छन् । जस मध्ये १८ जनाको अप्रेसन गर्नु पर्ने, ९ जनालाई मेसिन प्रयोग गर्नु पर्ने देखिएको चौकीका प्रमुख प्रेम शाहले जानकारी दिए । व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा कानका विरामीलाई निशुल्क औषधी प्रदान गरिएको थियो ।
बाँकेका गोपालनाथ योगी संघीय संसद्‍मा कार्यवाहक महासचिव नियुक्त

बाँकेका गोपालनाथ योगी संघीय संसद्‍मा कार्यवाहक महासचिव नियुक्त

   
बाँकेका अधिवक्ता गोपालनाथ योगीले संघीय संसदको महासचिवको जिम्मेवारी पाएका छन् । मनोहरप्रसाद भट्टराईको पाँच वर्षे कार्यकाल समाप्तिसँगै संघीय संसद्‍मा गोपालनाथ योगी कार्यवाहक महासचिव नियुक्त भएका छन्। आइतबार प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनाको छलफलपछि योगी कार्यवाहक महासचिव नियुक्त भएका हुन्। योगी प्रतिनिधि सभाका सचिव हुन्। संसद् सचिवालयका
फरक क्षमता र अति बिपन्न महिलालाई व्यवसायिक सीप तालिम दिदै खजुरा गाउँपालिका

फरक क्षमता र अति बिपन्न महिलालाई व्यवसायिक सीप तालिम दिदै खजुरा गाउँपालिका

   
खजुरा(बाँके), २ चैत : बाँकेको खजुरा गाउँपालिकाको आयोजनामा ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर आज आइतवार महिला हक अधिकार सम्बन्धमा वर्तमान कानूनमा भएका व्यवस्थाबारे अन्तरक्रियात्मक अभिमुखीकरण तथा श्रमिक महिला सम्मान गरिएको छ । कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षतिले संविधानले महिलाका अधिकार सुनिश्चित गरेको बताउँदै खजुरा गाउँपालिकाले त्यसैमा टेकेर अधिकार कार्
डिस्चार्ज भए प्रधानमन्त्री

डिस्चार्ज भए प्रधानमन्त्री

   
काठमाडौं। मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अस्पतालले डिस्चार्ज गरेको छ। प्रम ओलीको २१ फागुनमा शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा नै स्वास्थ्यलाभ गरिरहेक
भिजन टिभीमा पारिश्रमिक नपाएको मुद्दा चर्कियो, ७ दिनभित्र भुक्तानी गर्न महासंघको चेतावनी

भिजन टिभीमा पारिश्रमिक नपाएको मुद्दा चर्कियो, ७ दिनभित्र भुक्तानी गर्न महासंघको चेतावनी

   
नेपालगन्ज २९ फागुन : नेपालगन्जस्थित भिजन टेलिभिजनमा कार्यरत पत्रकारले पारिश्रमिक नपाएको मुद्दा चर्किएको छ । भिजन सञ्चार सहकारी सँस्था लिमिटेडद्धारा सञ्चालित भिजन टेलिभिजनमा कार्यरत सञ्चारकर्मी भगत राम थारु, रबिन्द्र सिंह ठकुरी लगायतले लामो समयको पारिश्रमिक लिन बाँकी छ । पत्रकार लगायतले पारिश्रमिक नपाएकै अवस्थामा टिभी भने बन्द गरिएको छ । सो बिषयमा टेलिभिजनको व्यवस्थापनलाई महासंघको टोलीले भेटेरै
टिप्परले ठक्कर दिँदा एक महिलाको ज्यान गयो

टिप्परले ठक्कर दिँदा एक महिलाको ज्यान गयो

   
बाँकेको कोहलपुर नगरपालिका–९ पिपरी चोक नजिकै टिप्परले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । झण्डहवा गाउँदेखि हाइवेतर्फ आइरहेको रा १ ख २१८८ नंम्बरको टिप्परले ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की ४५ वर्षीय रामपति थारुको ज्यान गएको हो । उनको साथमा एउटा मोबाईल र ३ हजार ५ रुपैयाँ नगर रहेको पाइएको छ । अहिले उक्त घटनाको विरोधमा चक्का जाम गरिएको छ । विरोधस्वरुप सडकमा टायर बालिएको छ । कोहलपुर–नेपालगञ्ज
नेकपा नेतृ दिपा शर्माले विवाह खर्च कटाएर अक्षय कोष स्थापना गरिन

नेकपा नेतृ दिपा शर्माले विवाह खर्च कटाएर अक्षय कोष स्थापना गरिन

   
नेकपा नेता तथा राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव दीपा शर्माले आफ्नो विवाहमा अक्षय कोष स्थापना गरेकी छन् । विद्यार्थी राजनीतिवाट राजनीतिक यात्रा सुरु गरेकी दिपा हाल अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य पनि हुन् । मंगलवार भक्तपुरको बालकोट निवासी प्रशान्त ढकालसंग विवाह बन्धनमा बाँधीएकी दिपाले आफ्नो विवाहका अवसरमा अक्षय कोष स्थापनाको घोषणा गरेकी छन् । विवाहमा हुने अतिरिक्त खर्
स्वास्थ्य सामाग्रीको अभाव सिर्जना हुन नदिन नेपालगन्ज उद्योग वाणिज्य संघको अपील

स्वास्थ्य सामाग्रीको अभाव सिर्जना हुन नदिन नेपालगन्ज उद्योग वाणिज्य संघको अपील

   
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना भाइरस जस्तो अति संवेदशिल संक्रमणबाट जोगिनका लागि निम्नानुसारको सजगता अपनाउनु हुनसम्पूर्ण उद्योगी, व्यवसायी एवं बाँकेबासी दाजुभाई दिदी बहिनीहरुमा अपील गरेको छ । बिश्वभर फैलिएको कोरोना भाइरस को सम्भावित संक्रमणको जोखिम कम गर्नको लागि संघीय र प्रदेश नं. ५ सरकारले ठूलो भिडभाडयुक्त जनसमूहमा सहभागी नहुन, स्वास्थ्य आचरण अबलम्बन गर्न र होली जस्ता पर
सडक निर्माणमा प्रयोग भएको गाडीमा कस्ले लगायो आगो ?

सडक निर्माणमा प्रयोग भएको गाडीमा कस्ले लगायो आगो ?

   
कपिलवस्तुको विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ वटा गाडीमा आगजनी भएको छ । विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलामा एउटा स्काभेटर, दुईवटा जेसीभी र दुईवटा पिकअप भ्यानमा आगजनी भएको छ । यसैगरी शिवराज नगरपालिका वडा नम्बर ९ तुरन्तपुरमा एउटा स्काभेटरमा आगजनी भएको छ । ती गाडीहरु हुलाकी मार्ग निर्माणको जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीका हुन् । आगजनी कसले