राजनीति/समाज

बाँकेमा आलु उत्पादन बढ्ने

   
नेपालगञ्ज । बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । गतवर्ष बाँकेमा ३८ हजार ४ सय ७५ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष पनि मौसम अनुकूल भएको समयभित्र आलु रोपिएकाले उत्पादन राम्रो हुने प्राविधिकको भनाइ छ । यस जिल्लामा काडनर, लालगुलाब, टीपीएस जातको आलु बढी उत्पादन हुने गरेको छ । यहाँका कृषकले कोहलपुरस्थित शीतभण्डारबाट आलुको बीउ खरीद गर्ने गरेको नेपालगञ्ज उपमहानगरपालिक