अम्बे समूहले बाँकेमा स्टील उद्योग खोल्दै : रु ४ अर्व १५ करोड लगानी, झण्डै ४ सयलाई रोजगारी
नेपालगन्ज : देशकै प्रतिष्ठित औद्योगिक समूह जय अम्बे स्टील्स प्रालिले आगामी बैशाखबाट उत्पादन शुरु गर्ने गरी बाँकेको जानकी गाउँपालिकामा उद्योगको पूर्वाधार निर्माणको काम गरिरहेको छ । चुक्ता पुँजी रु ४ अर्व १४ करोडमा जय अम्बेले स्टील उद्योग खोल्न लागेको हो ।
रुपन्देही पछि बाँके जिल्लामा अम्बेले दोस्रो स्टील्स उद्योगमा लगानी बिस्तार गरेको उद्योग बिभागले जानकारी दिएको छ । गत आर्थिक वर्ष २०७४ र २०७५









