भारतले दियो भैरहवाको हवाइ रुट,नेपालगन्ज बारे अन्यौल कायमै
रविन्द्र घिमिरे /अनलाईनखबर
१६ माघ, काठमाडौं : आगामी वर्षबाट सञ्चालनमा ल्याउने लक्ष्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ । भारत भैरहवा एयर इन्ट्री प्वाइन्ट दिन तयार भएपछि रुटको गाँठो फुकेको सरकारी अधिकारीहरुको दाबी छ । हालै भारत भ्रमणमा गएका नागरिक उड्डयन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले भारतीय समकक्षी सुरेश प्रभुसँग भएको भेटमा एयर रुटको सहमति भएको बताएका छन् ।