स्वदेशी उद्योग संरक्षणका लागि आयातित सामानमा कर वृद्धि, कुन/कुन क्षेत्र परे संरक्षणमा ?
-अनन्तराज न्यौपाने/बिजमाण्डू
विराटनगर।आर्थिक वर्ष २०७६/०७७ को बजेट आउनुभन्दा अघि एक लिटर टेट्राप्याक जुस पैठारी गर्दा १४ रुपैयाँ मात्र भन्सार महसुल हुन्थ्यो। जेठ १४ सम्म टेट्राप्याक जुसको भन्सार महसुल ३० प्रतिशत थियो। टेट्राप्याक जुसमा नेपाल आत्मनिर्भर भएको भन्दै यसका उद्योगलाई संरक्षण गर्न उद्योगीहरूले सरकारसमक्ष दबाब दिँदै आएका थिए। जेठ १५ को बजेटपछि एक लिटर टेट्राप्याक जुसको भन्सार महसुल प्रत




