सडक ढाक्ने त्यो असिना
नेपालगन्ज : पहाडी जिल्लाहरु हिउँले सेताम्मे छन् । हिउँका कारण जनजीवन प्रभावित भएको छ नै त्यही हिउँमा रमाउनेहरुको पनि कमी छैन । नेपालगन्ज जस्ता तराईका शहरमा हिउँ नै नपरेपनि शुक्रबार रातभर हिउँ जस्तै असिना परेको थियो ।
मस्त निन्द्रामा रहेका नेपालगन्जका सर्बसाधारणलाई असिनाले ब्युझायो । कतिले हिउँको डल्लो जस्तो असिनाको तस्बिर आफ्नो मोवाईलमा कैद गरेर सामाजिक सन्जालहरुमा शेयर गर्न भ्याउनुभयो ।









