
तारे होटलमा अब नेपाली रैथाने खानाको मेनु अनिवार्य
अच्यूत पुरी /अनलाईनखबरबाट
१३ भदौ, काठमाडौं । अब ठूला होटेलले आफ्नो मेनुमा नेपाली परिकार अनिवार्य राख्नुपर्ने भएको छ । सरकारले खासगरी चारतारे र पाँचतारे होटेलका लागि यस्तो नयाँ मापदण्ड तोक्न लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो वार्षिक कार्ययोजनामा १५ दिनभित्र नयाँ मापदण्ड तोक्ने प्रतिबद्धता गरेका थिए । उनले भनेका थिए, ‘नेपाली मौलिक खानाहरुको प्रचा