नेपालगन्ज २८ असार : बाँके राष्ट्रिय निकुञ्जले स्थापनाको एकदशक पुरा गरेको छ । बाघ संरक्षणका लागि २०६७ साल असार २८ गते देशकै कान्छो निकुञ्जका रुपमा स्थापना भएको थियो । स्थापनाको एक दशकमा निकुञ्जले आफ्नो परिचय देश, बिदेशमा चिनाउने प्रयत्न गरेको छ । हालसम्म पूर्वाधार निर्माण र निकुञ्ज चिनाउनमै समय खर्चियो । अब भने निकुञ्जले पर्यटक तान्न समेत शुरु गरेको छ ।
निकुञ्जको परिचय
स्थापनाः २०६७ साल (सन् २०१०)
क्षेत्रफलः ५५० वर्ग कि.मि.
म. क्षे. क्षेत्रफलः ३४३ वर्ग कि.मि.
नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग कि.मि. क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको छ । यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ ।
यो निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा रहेको छ । निकुञ्ज भित्र वन्यजन्तु आवतजावतमा अप्ठेरो पर्ने महादेवपुरी दयततभिलभअप क्षेत्र पनि पर्दछ । यो निकुञ्ज २०० Eco region क्षेत्र मध्ये Teraif\ duar grassland क्षेत्रको एउटा भाग पनि हो । यहाँ जैविक विविधताको दृष्टिले ८ वटा इकोसिष्टम, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारीहरू, ३०० भन्दा बढी प्रकारका चराको प्रजातिहरू, ५८ प्रजातिका माछाहरू, २२ सरीसृप तथा ६ प्रकारका उभयचरहरू पाइन्छन् । सन्य २०१८ को बाघ गणना अनुसार यस निकुञ्जमा २१ वटा पाटे बाघ रहेका छन ।
क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारीहरू र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ चराहरू रेकर्ड गरिएका छन् । बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग कि.मि. क्षेत्रलाई समेटेर निकुञ्जसँगै यसको मध्यवर्ती क्षेत्रको पनि घोषणा भएको थियो, जसमा बाँकेका ७, दाङका ३ र सल्यानका ३ वटा साविकका तीनवकटा गाविस पर्दछन् । जसमा त्यतिबेलाको आँकडामा अनुसार झण्डै ४३,००० मानिसहरूको बसोबास रहेको छ । यो निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा ठूला वन्यजन्तुको लागि एकदमै महत्वपूर्ण बासस्थानको रूपमा रहेको छ ।
लकडाउन खुलेपछि घुम्न छुटाउनै नहुने बाँके निकुञ्ज ! हेर्नुहोस् आर्कषक तस्वीर
पर्यटकलाई स्वागत गर्न बाँके निकुञ्जमा आए ‘सौराहगज’ र ‘चमचमकली’
पश्चिममा पर्यटक तान्न भारत पठाउने ‘ब्रोसर’ तयार, के छ ब्रोसरमा ?