बाँकेमा उदाउँदो बैजनाथ


बाँके ३१ साउन :  प्रदेश नंं. ५ को प्रदेशस्तरीय नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि भदौ महिनामा टेण्डर आह्वान गरिदैछ । घोषणा भएको पाँच वर्ष हुँदा समेत बाँकेको बैजनाथ गाउँपालिकामा रहेको उक्त औद्योगिक क्षेत्रको काम शुरु हुन सकेको थिएन ।

चालू आवमा रु ६० करोड लागतमा पूर्वाधार निर्माणको काम हुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । संघीय सरकारसंगै प्रदेश नं. ५ सरकारले समेत नौवस्ता औद्योगिक क्षेत्रलाई उच्च प्राथमिकता दिई बजेट विनियोजन गरेको छ ।

हिन्दूहरुको आस्थाको केन्द्र मानसरोवरको प्रतिक सहित बाँकेको बैजनाथ गाउँपालिका ६ मा बोटानिकल गार्डेनको सोमवार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले शिलान्यास गरिसकेका छन् ।

न्यू हरियाली सामुदायिक वन उपभोक्ता समुहको जङ्गल हाताभित्र निर्माण गरिने मानसरोवर पार्क प्रदेश सरकारको प्राथमिकताको योजना भएको मुख्यमन्त्री पोख्रेलले बताइसकेका छन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले निर्माण गर्ने संरचनाको संरक्षणका लागि स्थानिय सरकार प्रतिवद्ध हुनुपर्ने बताए । स्थानियहरूको प्रत्यक्ष सहभागिता भएमात्र बोटानिकल गार्डेनको योजनाले पुर्णता पाउने मुख्यमन्त्रीको भनाई थियो ।

बैजनाथको गाभर भ्याली प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । घुम्न लायक देशकै प्रमुख सय गन्तव्यको सूचीमा रहेको गाभरमा आन्तरिक र

बाह्य पर्यटक आउने गरेका छन् । जिल्लाको पर्यटन विकासमा गाभरको महत्वपूर्ण भूमिका रहेको छ । बाँके निकुन्ज परेका कारण पर्यटनको विकास महत्पूर्ण मानिएको छ ।
पश्चिम क्षेत्रकै एकमात्र एमबिबिएस पढाई हुने नेपालगन्ज मेडिकल कलेज चिसापानीमै रहेको छ । जहाँ एमबिबिएस अध्ययन हुँदै आएको छ ।

चिसापानीमै पश्चिमान्चल पोल्ट्री उद्योग लामो समयदेखि सन्चालनमा छ । यो अण्डा र चल्ला उत्पादनमा यो प्रमुख उद्योगका रुपमा रहेको छ । बानियाभारमा बिएससी एजीको पढाई हुने कलेज स्थापना भएको छ ।

बाँकेको बैजनाथ गाउँपालिमा सन्चालन भइसकेका र सन्चालन हुने यि योजनाहरुले त्यहाँका स्थानीयलाई खुसीको संचार गराएको छ । आर्थिक, शैक्षिक र पर्यटनका क्षेत्रमा गाभर उदाँउदो छ । गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल भन्छन्–‘बाँकेमा बैजानाथ उदाँउदो स्थानीय तहका रुपमा रहेको छ । सानोदेखि ठूलो योजना चालू अवस्थामा रहेका छन् ।’ नेपालगन्जदेखि नजिक र कर्णाली प्रदेशको छेउमै रहेका कारण बैजनाथको सम्भावना अझ बढेर गएको छ ।

बैजनाथ गाउँपालिका ( गाउँपालिकाको वेयभसाईडबाट सम्पादन सहित साभार)

बैजनाथ गाउँपालिका प्रदेश नंं. ५ को बाँके जिल्लामा अवस्थित रहेको छ। पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ | गाउँपालिकाको केन्द्र साविक बनकटवा गाविसको कार्यालय रहेको स्थानमा रहेको छ। साविकका चिसापानी, नौवस्ता, वनकटवा र टिटिहिरिया गाविस मिलेर गठन भएको हालको बैजनाथ गाउँपालिकाको नामाकरण ऐतिहासिक तथा राजनितिक पृष्ठभुमि सँग जोडिएको छ। साविकको वनकटवा वडा नं ३ र हालको वडा नं ७ पेडारीमा जन्मेका बैजनाथ थारुको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो।

पश्चिमी तराइ क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भुभाग समथर रहेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने केही भुभागमा चुरे क्षेत्रका विषेशता रहे पनि अधिकांश क्षेत्रहरु समथर रहेको छ। यस गाउँपालिकाको कुल जमिन मध्ये सबैभन्दा बढि क्षेत्रमा खेती गरिएको छ भने मध्यवर्ती क्षेत्र लगायतको बन जंगलले पनि उल्लेख्य क्षेत्र ओगटेको छ।

गाउँपालिकासंग सम्बन्धित तथ्यांकहरु:

क्षेत्रफल: १४१.६७ वर्ग कि.मि.

जम्मा वडा :८ वटा

जनसंख्या: महिला(२९०४६) , पुरुष(२५३७२)

परिवार संख्या: ११०६६

औषत परिवार संख्या: ४.९२

साक्षरता: पुरुष(७९.६६%) महिला (६३.७४%), जम्मा साक्षरता: ७१.२०%

वडा नं.  हाल कायम भएको वडा (ठेगाना ) साविकका गा.बि.स/ न.पा
चिसापानी चिसापानी (वडा नं. १-९)
डिगिया नौबस्ता (वडा नं. १-३)
नौबस्ता नौबस्ता (वडा नं. ४-७)
बानियाभार नौबस्ता (वडा नं. ८,९)
बनकटवा बनकटवा (वडा नं. ४,६,७,८)
सम्झना बनकटवा (वडा नं. ५,९)
पेडारी बनकटवा (वडा नं. १-३)
टिटिहिरिया टिटिहिरिया (वडा नं. १-९)

नौवस्ता औद्योगिक क्षेत्र सफल बनाउन जनप्रतिनिधिदेखि निजीक्षेत्र एकमत, बस्ती व्यवस्थापनमा जोड

पाँच वर्षपछि नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधारको काम शुरु हुँदै, भदौमा टेण्डर हुने निश्चित

प्रकाशित मितिः     ३१ श्रावण २०७७, शनिबार १०:३६  |