खाँचो जलविद्युत् र उद्योग विकासको एकीकृत योजनाको
काठमाडौं । सात वर्षअघि चाइना थ्री गोर्जेज इन्टरनेशनल कर्पोरेशन (थ्री गोर्जेज) सँग ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको प्रारम्भिक समझदारी गरिँदा सो आयोजनाबाट उत्पादित विद्युत् खपत गर्ने उद्योग आयोजनास्थल वरपर नै स्थापना गर्ने सहमति भएको थियो । नेपालको इतिहासमा विद्युत् र उद्योगको विकासलाई एकीकृत रूपमा अघि बढाउन खोजिएको एकमात्र परियोजना थियो पश्चिम सेती । तर, आयोजनाको क्षमत









