अर्थतन्त्रमा बाँसको योगदान
राष्ट्रिय अर्थतन्त्रलाई चलायमान गर्ने सन्दर्भमा अब बाँसको उपयोगितालाई नकार्नु भनेको कमिलाको उपयोगिता हुँदैन भन्नुजस्तै हो ।
पेशल आचार्य
नेपाली समाजमा एउटा भनाइ चल्तीमा छ— ‘बाँसको सबै थोक भलो, तर त्यसको हुँदैन ढिकी र हलो’ । ३० को दशकतिर एक जना कृषि वैज्ञानिक मित्रराष्ट्र चीन भ्रमणमा जाँदा त्यहाँ उनले बाँसको बहुउपयोगिता देखी तालिमपश्चात् देशमा आएर नेपालको भूप्राकृतिक अवस्थामा बाँसको उपयोगिताबारे









