कालोसूचीमा १० हजार थपिए, ६५ प्रतिशत चेक बाउन्स दिनेहरु
काठमाण्डौ १८ भदौ : कोरोना महामारीको समयमा बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्नेको संख्या बढेको छ । ऋणीहरूभन्दा पनि बैंकमा पर्याप्त मौज्दात नभई चेक काट्नेहरू कालोसूचीमा बढी परेका छन् ।
कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार गत चैत्र महिनादेखि भदौ १५ गतेसम्म कालोसूचीमा १० हजार ७३२ जना थपिएका छन् । कालोसूचीमा कूल १३ हजार २४ जना रहेका छन् । असार महीनामा मात्रै ९ हजार ६ सय २६ जना कालोसूचीमा थपिएक









