कृषिमा लगानी गर्न आनाकानी
नेपालगन्ज १२ असार : उत्पादनका प्रमुख आधारमध्ये कृषि क्षेत्रका लागि नेपालका वित्तीय संस्थाले सन्तोषजनक लगानी गरेका छैनन् । फलस्वरुप कृषिको आयात भने बढेको बढेकै छ भने युवा वर्ग कृषि क्षेत्रबाट पलायन हुँदैछ । हाल कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ ।
चालू आर्थिक वर्षको छ महिना (पुस मसान्त) सम्ममा नेपालका वाणिज्य बैंकले ९.६ प्रतिशत कर्जा लगानी गरेका छन् । जबकी नेपाल राष्ट्र









