पर्यटक तान्दै ताल
कमल डाँगी
बिदाको दिन नेपालगञ्जमा कहाँ घुम्न जाने ? जवाफ हो,–‘रानी तलाउ ।’ रानी तलाउमा मान्छेको भीड लाग्छ । बोटिङ गर्न, माछालाई चारो हाल्न र बालबालिका लिएर रमणीय दृश्य हेर्न स्थानीयले मन पराउन थालेका छन् । यो पुरानो शहरको बिदा मनाउने र मन भुलाउने प्रमुख आधार रानी तलाउ नै बनेको छ । स्थानीय कुश कुमार गुप्ता भन्छन्,–‘शनिवारका दिन हजार भन्दा बढिको भिड देख्न पाइन्छ । चलहहल निक्कै बढेको छ ।’
स









