रु २२ करोड लागतको कैलाश कोल्ड स्टोरेज निर्माणको काम सुस्त गतिमा
बाँके, ८ माघ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत बाँकेको बैजनाथ गाउँपालिका–७, पेडारीमा निर्माण भइरहेको कैलाश कोल्ड स्टोरेज एन्ड एग्रो प्रालिको काम सुस्त गतिमा भइरहेको छ । विभिन्न कारण देखाउँदै कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयले अनुदान रकम रोकेपछि निर्माणको कामले गति लिन नसकेको हो ।
सरकारको ५१ प्रतिशत अनुुदान र कैलाश कोल्ड स्टोरेज एन्ड एग्रो प्रालिको ४९ प्रतिशत लगानीमा निर्मा









