चुहावट रोक्न कडा कदम चाल्नु–पश्चिमका भञ्सार तथा कर कार्यालयलाई अर्थमन्त्रीको निर्देशन
नेपालगन्ज २० पुस - अर्थमन्त्री युवराज खतिवडा पश्चिम नेपालका मुख्य भञ्सार नाका र आन्तरिक राजश्व कार्यालयको निरीक्षण गरेका छन् । बाँके, बर्दिया र कैलालीका भञ्सार र कर कार्यालयको निरीक्षण गर्दे अर्थमन्त्री खतिवडाले राजश्व चुहावट रोक्न प्रभावकारी कदम चाल्न मातहतका कर्मचारीलाई निर्देशन दिए ।
अर्थमन्त्रीका साथमा भञ्सार र आन्तरिक राजश्व बिभागका महानिर्देशक सहित उच्च अधिकारीहरु थिए । राजश्व चुहावट









