नेपालगन्जका सांसद राणा माथि कारवाही थालियाे
नेपालगन्ज । राजावादीको प्रदर्शनको क्रममा भएको हिंसात्मक गतिविधि भड्काउन मतियार रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद धवलशमशेर राणा पक्राउ परेसँगै उनी संसदीय गतिविधिबाट बन्चित भएका छन् । उनी पक्राउ परेको सूचना संसद सचिवालय पुगिसकेको छ ।
संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ । यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख









