१५ हजार टन जडिबुटी नेपालगञ्जमै थन्कियो
नेपालगञ्ज-भारतले आफ्नो प्लान्ट क्वारेन्टाईनको सूचिमा समावेश नगरेर ५४ प्रकारका नेपाली जडिवुटी निर्यात गर्न नदिएपछि गत ६ महिनादेखि ती जडिबुटीको निकासी हुन सकेको छैन । भारतीय क्वारेन्टाईनद्धारा सूचिकृत नगरिएका जडिबुटी मध्ये अधिकांश सबैभन्दा बढी भारत निकासी हुने गरेका जडिबुटीहरु रहेको व्यवसायीहरुले बताएका छन् ।
भारतमा सबैभन्दा बढी निकासी हुने जडिबुटीहरु मध्ये रिठा, कुटकी, दालचिनी, पखानवेद, चुत्रो बो









