चामल जस्तै धरासायी बने बाँकेका रोजिन उद्योग
कमल डाँगी
नेपालगञ्ज - बाँकेका आधा दर्जन रोजिन एण्ड टर्पेन्टाईन उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । लागत खर्च बढ्दै जानु, रोजिन र टर्पेन्टाईन तेलको बजार भाउ घट्दै गएपछि सञ्चालकले धमाधम उद्योगमा ताला लगाउन थालेका हुन् । २०५० सालमा स्थापना भएको खनाल रोजिन एण्ड टर्पेन्टाईन बाँकेको पहिलो रोजिन उद्योग हो । उक्त उद्योग बन्द गर्न लागेको सञ्चालक दिवाकर खनालले बताए । ‘खर्च धान्न मुस्किल भएपछि









