बाँके जिल्लामा पर्यटनका संभावनाहरु
अजयसिंह सिजापति
परिचय
बाँके जिल्ला साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्र र हालको प्रदेश नं. ५ मा रहेको जिल्ला हो । यसले नेपालको कुल क्षेत्रफल मध्य २२५८ वर्ग कि.मी. क्षेत्रफल ओगटेको साथै २७० ५१’ देखि २८० २०’ उत्तरी अक्षांश र ८१० २९’ देखि ८२० ८’ पूर्वी देशान्तरमा अवस्थित छ । जिल्लाको सरदर उचाई समुद्री सतहबाट ७०८.७५ मी. भएपनि सदरमुकाम नेपालगंज १४९ मी. उचाइमा छ । यो जिल्ला बाँकेको उत्तरमा दाङ्









