सुन पसलमा धितो : नियमन नै छैन
बाँके : सानादेखि ठुलो सुनचाँदी पसलमा सर्बसाधारणले छिटो ऋण पाउने प्रलोभनमा राखेको सुन कति सुरक्षित छ ? कहिल्यै सोच्नु भएको छ ? धितो सुरक्षाको कुरा मात्र होइन तपाईको धितोको सही मुल्यांकन नभएको पनि हुन सक्छ । ब्याजदर त चर्को छदैछ । यस्ता संबेदनशिल बिषयमा वास्तै नगरी अहिले जथाभावी सुन धितो राखी कर्जा प्रवाह भइरहेको छ । लिनेले ऋण लिइरहेका छन् दिनेले दिइरहेका छन् । तर यो बिषयमा कुनै सरकारी निकाय