प्रदेश समृद्धिको प्रस्थानविन्दु कृषि र भविष्यको समृद्धिको आधार पर्यटन–मुख्यमन्त्री पोखरेल
बुटवल : प्रदेश सरकारले आवधिक योजनाको आधारपत्रमाथि मंगलबार प्रदेशसभा सदस्यहरुसंग छलफल गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले विकासको जनताको आकांक्षा पूरा गर्न र रणनैतिक लक्ष्य हासिल गर्न आवधिक योजना निर्माण गरिएको बताए । उनले बजेटको विनियोजन अव मागका आधारमा नभई योजनाका आधारमा हुने बताए । पूर्वाधार निर्माणलाई मात्रै विकास ठानिने प्रवृति रहेको भन्दै उनले पूर्वाधार निर्माण विकासको सहयोगी भएको र विकासको









