व्यापारीको आक्रमणपछि बैंकरसहित बैंक अध्यक्षको बैठक: ‘बैंकलाई डाँका जस्तो व्यवहार गरियो’
काठमाडौं/बिजमाण्डु : राष्ट्र बैंकले मौद्रिक समिक्षामार्फत घोषणा गरेको कार्यक्रममा ६ बुँदे असहमति राखेको बैंकर्स संघले बिहीबार २८ वटै बाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष र उनीहरुका प्रतिनिधिहरुलाई डाकेर छलफल गरेको छ।
सडकबाट उठेको मागलाई संबोधन गर्दै राष्ट्र बैंकले ब्याज दरमा अब्यवहारिक हस्तक्षेप गरेको बैंकर्स संघको धारणा छ। केन्द्रीय बैंकले लिएको नीतिले बैंकिङ प्रणालीलाई समस्या पार्ने भन्









