सात अर्वको विकास योजना चल्दै मन्त्री राईको निर्वाचनक्षेत्रमा
नेपालगन्ज : शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले चालू आर्थिक बर्षमा आफ्नो निर्वाचनक्षेत्र नेपालगन्जको विकासमा रु सात अर्वका बिभिन्न योजना पारेका छन् । उक्त रकम कृषिक्षेत्रको विकासदेखि शहरीकरणसम्मका काममा खर्च भइरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिका १५ स्थित हनुमान निमावि स्कुलमा आयोजित सरस्वती पुजा कार्यक्रममा मन्त्री राईले नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा गरी रु ७ अर्वको काम भ









