नेपाली लाइसेन्सले अन्तराष्ट्रिय मान्यता पाउने, यातायात व्यवस्था विभागले प्रक्रिया अघि बढायो
-दिनेश खड्का/बिजमाण्डू
काठमाडौं। सरकारले नेपालबाट जारी भएका सवारी चालक अनुमतीपत्र (मोटर ड्राइभिङ लाइसेन्स)बाटै विदेशमा तीन महिनासम्म सवारी साधन चलाउन सक्ने व्यवस्था गर्ने भएको छ। नेपालले जारी गरेका लाइसेन्सबाट बढिमा तीन महिनासम्म विदेशमा सवारी साधन चलाउन पाउने व्यवस्था गर्न लागिएको हो। यातायात व्यवस्थाले संघीय यातायात ऐनमार्फत् यस्तो व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागका निर्देशक गोकर्









