बिग्रिएको नोट जतनसँग राख्नुहोस्, सजिलै साट्न सकिन्छ
कस्तो नोटको सटही हुन्छ ?
राष्ट्र बैंकले झुत्रो मुद्रालाई खिच्ने, नष्ट गर्ने वा अन्य बैंक नोट वा सिक्कासँग सटही गरिदिन्छ । आगोले पोलिई, किराले खाई, च्यातिई, पानीले भिजी वा अन्य कूनै किसिमले चलनचल्ती योग्य नभएमा त्यस्तो नोट सटही गर्न पाइने व्यवस्था छ ।
राष्ट्र बैंकले डिजाइन मेटिएको, च्यातिएको, विकृत वा पचास प्रतिशतभन्दा बढी भाग नभएको बैंक नोट वा सिक्का सटही नगर्न सक्छ । नोट टुक्रा टुक्रा भई









