अर्थतन्त्र ‘डिप डिप्रेसन’ मा, कर्मचारी कटौती गर्दै उद्योगी
काठमाडौं। अनेक गर्दा पनि आर्थिक गतिविधि मन्दीबाट बाहिर निस्किने छनक नदेखेपछि उद्योगी/व्यवसायी कर्मचारी कटौतीतर्फ अघि बढेका छन्।
सरकार सिर्जित संकट निरूपणमा सरकार र मातहत निकाय अग्रसर नहुँदा अर्थतन्त्र मन्दीतर्फ धकेलिएको हो।
निजी क्षेत्रले बारम्बार अर्थतन्त्र लयमा फर्काउन सरकारसँग गरेको मागको प्रगति शून्यप्रायः भएपछि कर्मचारी कटौती गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा पुगेको व्यवसायीहरू बताउ









