उद्योगमा पनि अगाडी बढ्दै खजुरा
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका–६ मा औद्योगिक ग्रामको निर्माण प्रक्रिया शुरु भएको छ । सङ्घीय तथा प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा ३१ करोड ३० लाख २१ हजार ४७३ को लागतमा औद्योगिक ग्राम निर्माण हुने खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
उनका अनुसार, करीब २१ बिघा क्षेत्रफलमा निर्माण हुने औद्योगिक ग्रामका लागि पहिलो चरणमा प्राप्त ९२ लाखको लागतमा तारबार तथा चौकी









