बर्षाका कारण बाँकेमा लाखौंको काँचो इँटामा क्षति
नेपालगञ्ज, माघ २२ गते । केही दिनयता दुई पटक गरेर भएको बर्षाका कारण बाँकेका इँटा व्यवसायीले करिब २० करोड रुपियाँ बरावरको क्षति व्यहोर्नु परेको छ । पकाउनका लागि तयार पारेर राखिएका ९० प्रतिशत्भन्दा बढी काँचो इँटाहरु बर्षाका कारण कामै नलाग्ने गरी नष्ट भएको व्यवसायीको भनाई छ ।
नेपाल इँटा उद्योग ब्यबसायी संघ बाँकेका सचिव सुर्यमणि पौडेलले केही दिन पहिले र अहिलेको वर्षाले बाँकेका ६० वटा ईट्टा व्यवस









