लगानी सम्मेलनका परियोजना: ११ अर्ब लागतमा शे फोक्सुन्डो लक्जरी रिर्सोट
-बिजमाण्डू
काठमाडौं। डोल्पामा ‘हाइइन्ड’ पर्यटकलाई लक्षित गर्दै लक्जरी रिर्सोट बनाउन सकिने परियोजना तयार भएको छ। लगानी बोर्डले यही चैत १५ र १६ गते हुने लगानी सम्मेलनलाई लक्षित गर्दै तयार पारेको परियोजनामा यो लक्जरी रिर्सोट समेत शोकेस गर्दैछ।
सय कोठा भएको पाँच तारे लक्जरी रिर्सोट शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र रहनेछ। सन् १९८४ मा स्थापना भएको यो निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय न








