नेपालगन्ज शहर प्लाष्टिकमुक्त, कागजयुक्त बन्ने,कागजका झोला उत्पादकलाई अवसर
बाँके : नेपालगन्ज शहर अब प्लाष्टिकमुक्त र कागजका झोलायुक्त बन्ने भएको छ । उपमहानगरपालिकाको कार्यालयले नीतिगतरुपमा प्लाष्टिकमुक्त शहर बनाउने योजनालाई व्यवहारिकरुपमा कार्यान्वयन शुरु गरेको छ ।
प्रदुषणको प्रमुख कारण मध्ये एक प्लाष्टिकलाई निषेध गरी कागज र कपडाका झोला प्रयोगमा ल्याउने तयारी भइरहेको छ । त्यही तयारीलाई व्यवहारिकरुपमा कार्यान्वयन गर्न नेपालगन्ज उपमहानगरपालिकाले कपडा र कागजका झोला उत्









