आज नेपालगन्ज -पोखरा चार्टर उडान, नियमित उडानलाई दवाव
नेपालगन्ज ७ फागुन : निजीक्षेत्रको पहलमा शुक्रवार नेपालगन्जदेखि पोखरा चार्टर उडान हुने भएको छ । नाट्टा बाँके च्याप्टर र गण्डकी प्रदेश नाट्टाको पहलमा नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज उडान गर्न लागिएको हो ।
नेपालगन्ज–पोखरा नियमित उडान गर्नुपर्ने आवाज उड्दै गएपनि सुनुवाई नभएपछि निजीक्षेत्रले पहल गरेको हो । सोही पहल अन्र्तगत शुक्रवार चार्टर विमान नेपालगन्जबाट पोखरा जाँदैछ । नेपालगन्जका नगर प्र







