कौसी-बरन्डामा के-के फलाउने, माटो-भाँडा कहाँ किन्ने ?
कोरोना संक्रमणको बढ्दो फैलावटका कारण भान्छा महँगिँदै गएको छ। तरकारी छोइसाध्य छैन। चाडवाड आउँदा भाउ आकासिने पुरानै चलन हो।
अर्कोतिर धमाधम निर्माण हुँदा खेतीयोग्य जमिन मासियो भनिरहेका छौं। घरको छत, कौसी, बरन्डा कसरी सदुपयोग गर्न सकिन्छ, ध्यान दिन सकेका छैनौं।
यी सबबाट केही राहत पाउने उपाय कौसी खेती पनि हो। तर अधिकांश घरधनीलाई कौसी खेतीबारे ज्ञान छैन। धेरैले त्यति चासो पनि दिएका छैनन्। नगरपाल









