सहुलियतपूर्ण कर्जाको कार्यविधि संशोधन, ऋण लिने सीमा दोब्बरसम्म बढाइयो
काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाको सीमा बढाएको छ । सहुलियत कर्जा ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ संशोधन गरी सीमा बढाएको हो ।
नेपाल राष्ट्र बैंकले असोज ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कार्यविधि संशोधन गरिएको हो । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि संशोधन गर्दै व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा उपलब्ध गराउँदै आएको ऋणको सीमा बढाएर









