भेरीमा कोरोना बिशेष अस्पताल बनाउन बाँकेका सरकारी कर्मचारीले एक दिनको तलव दिने
नेपालगन्ज १ भदौ : भेरी अस्पतालमा कोरोना अस्पताल स्थापनाको लागि बाँकेका राष्ट्रसेवक कर्मचारीहरुले एक दिनको तलब जम्मा गर्ने निर्णय गरेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंका अनुसार, उक्त रकम कोरोना बिशेष अस्पताल निर्माणमा खर्च गरिने छ ।
भेरी अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउने निर्णय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार सुशील कोईराला प्रखर क्य









